११ महिनामा ४४ करोडको चुरा आयात

`

     २०७९ श्रावण ०२ गते १२:४४

काठमाडौँ, २ असार । भन्सार विभागले दिएको जानकारीअनुसार चालू आर्थिक वर्षमा विदेशबाट ४४ करोड ५८ लाख रुपैयाँ बराबरको चुरा आयात भएको छ ।

यसैगरी, ११ महिनाको अवधिमा विदेशबाट नेपालले १७ करोड १८ लाख ७३ हजार रुपैयाँ बराबरको पोते आयात गरेको छ ।

नेपालमा भारतबाट सबैभन्दा धेरै चुरा आयात हुने गरेको देखिएको छ । भारतबाट ११ महिनाको अवधिमा ४३ करोड ६१ लाख ४३ हजार रुपैयाँको चुरा आयात आएको छ । यसपछि, चीनबाट ३४ लाख ८० हजार रुपैयाँको चुरा भित्रिएको छ ।

यसैगरी, यस अवधिमा पोते आयातमा १७ करोड १८ लाख रुपैयाँ बाहिरिएको भन्सार विभागले जनाएको छ । विभागका अनुसार नेपालमा विश्वका विभिन्न १३ वटा देशबाट पोते भित्रिने गरेको पाइएको छ ।

नेपालबाट विदेशतर्फ १९ करोड ३४ लाख रुपैयाँको चुरा निर्यात हुँदा ११ महिनाकै अवधिमा ३५ लाख २१ हजारको पोते निर्यात भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?