सुनचाँदीको मूल्यमा वृद्धि

`

     २०७९ श्रावण ०२ गते ११:२२

काठमाडौँ, २ साउन । आज सुनचाँदीको मूल्यमा वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार छापावाल सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेर प्रतितोला ९४ हजार रुपैयाँ पुगेको छ भने तेजाबी सुनको मूल्य ९३ हजार ५०० रुपैयाँ छ ।

हिजो आइतबार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ६०० रुपैयाँ थियो । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार १०० रुपैयाँ थियो ।

आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेर प्रतितोला ११ सय ६५ रुपैयाँ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?