जसपाबाट बाबुरामसहित नौजना निष्कासित,संघीय परिषद् अध्यक्षको जिम्मेवारी अशोक राईलाई

`

     २०७९ आषाढ ३० गते ९:३०

काठमाडौं, असार ३० । डा. बाबुराम भट्टराईसहित नौ जनालाई जनता समाजवादी पार्टी नेपालले पार्टीबाट निष्कासित गरेको छ । पार्टीबाट निष्कासित पर्नेहरूमा डा.बाबुराम भट्टराई, कार्यकारिणी सदस्य महेन्द्रराय यादव, गङ्गा श्रेष्ठ, हिसिला यमी, प्रशान्त सिंह, भक्तबहादुर शाही र केन्द्रीय सदस्यहरू रमेश यादव र दानबहादुर चौधरी रहेका छन् । त्यसैगरि,जसपाले संघीय परिषद्को अध्यक्षबाट बाबुराम भट्टराईलाई हटाएपछि सो ठाउँमा अशोक राईलाई मनोनीत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?