एक हप्ताभित्र राष्ट्रियसभाका उपाध्यक्षको निर्वाचन गर्न वामदेव गौतमको माग

`

     २०७९ आषाढ ३० गते १:४८

काठमाडौँ, ३० असार । राष्ट्रियसभाका सांसद एवम् पूर्व उपप्रधानमन्त्री वामदेव गौतमले एक हप्ताभित्र राष्ट्रियसभाका उपाध्यक्ष पदको निर्वाचन गर्न राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनासँग माग गरेको छ ।

सांसद गौतमले राष्ट्रियसभा अन्तरगतको दिगो विकास तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको सभापतिको टुंगो पनि तत्काल लगाउन अध्यक्ष तिमल्सिनाको पुनः ध्यानाकर्षण गराए । राष्ट्रियसभाको ४ वटा समितिमध्ये ३ वटा समिति नेतृत्व विहीन भएको उल्लेख गर्दै उनले त्यसको तत्काल व्यवस्था गर्न अध्यक्ष तिमिल्सिनाले ध्यान नदिए आफूहरु आन्दोलनमा जान बाध्य हुने चेतावनी समेत दिए ।

त्यस अवसरमा सांसद गौतमले ज्येष्ठ सदस्यको हैसियतमा दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन सभामा पेश गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?