३ वर्षदेखि रिक्त प्रतिनिधि सभाको उपसभामुखको निर्वाचन शुक्रबार हुने

`

     २०७९ आषाढ २९ गते १:२०

काठमाडौं, असार २९ । झण्डै ३ वर्षदेखि रिक्त प्रतिनिधि सभाको उपसभामुखको निर्वाचन शुक्रबार हुने । सभामुख अग्नि प्रसाद सापकोटाले बुधबारको प्रतिनिधि सभा बैठकमा उपसभामुख चयनका लागि निर्वाचनको मिति तोकेका हुन् ।

सभामुख सापकोटाले प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीलाई उपसभामुख चयनबारे सूचना प्रकाशित गर्न समेत निर्देशन दिएका छन्त । त्कालीन उपसभामुख शिवमाया तुम्बाहाङ्फेले २०७६ माघ ६ गते राजीनामा दिएपछि उक्त पद रिक्त छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?