काठमाडौं, असार २९ । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजपक्षेले देश छाडेका छन् । उनी मंगलबार राति मालदिभ्स पुगेको बताइएको छ। गोटाबाया राजपक्षेले बुधबार राजीनामा दिने घोषणा गरेका उनी अघिल्लो रात परिवारसहित बाहिरिएका हुन् । उनले जुलाइ १३ (आज बुधबारको) को मिति राखेर २ दिन अघि नै राजीनामा दिएको डेली मिररले बताएका छन् ।
राजीनामा दिनुअघि आफ्नो परिवार सकुशल विदेशिने व्यवस्था मिलाउन उनले माग गरेका थिए।
मंगलबार उनका भाइ पूर्ववित्तमन्त्री बासिल राजपक्षेले पनि देश छाड्ने कोशिस गरेका थिए। तर, अध्यागमनका अधिकारीले रोकेका छन्।




