काठमाडौँ, २९ असार । आज सुनको मूल्यमा गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन आज २०० रुपैयाँले घट्दै ९४ हजार ३०० रुपैयाँमा झरेको छ । सुन अघिल्लो दिन प्रतितोला ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, तेजाबी सुनको मूल्य पनि आज तोलामा २०० रुपैयाँले नै घट्दै ९३ हजार ८०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
यता चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्यमा ५ रुपैयाँले घट्दै प्रतितोला ११७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।




