नेपालमा थप १७७ जना सङ्क्रमित

`

     २०७९ आषाढ २८ गते ३:३०

काठमाडौँ, असार २८ । पछिल्लो २४ घण्टामा थप १७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार १२६ जनाको परीक्षणमा १७७ जनामा संक्रमण भएको हो ।

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ८७३ पुगेको छ । पछिल्लो २४ घण्टामा ४१ जना संक्रमणमुक्त भएका छन् ।

मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २१ हजार ३०१ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?