नेपाली बजारमा ओप्पो ए५७ र ए७७ आउँदै

`

     २०७९ आषाढ २७ गते १२:४७

काठमाडौं, असार २७ । ओप्पोले नेपाली बजारमा ओप्पो ए५७ र ओप्पो ए७७ सार्वजनिक गर्ने तयारी गरेको छ । यी २ नयाँ स्मार्टफोनहरु लङ्ग लास्टिङ ब्याट्री, फ्ल्यास चार्जिङ र गुणस्तरीय बनावटका साथ भरपर्दो र टिकाउ रहेको कम्पनीले जनाएको छ ।

ओप्पो ए – सिरिजहरू ओप्पोको एन्ट्री–लेभल मिड–रेन्ज बजेट स्मार्टफोनहरू हुन् । यो सिरिजमा आधारभूत सुविधाहरू जारी राख्दै अघिल्लो सिरीजको तुलनामा केही सुधारहरू गरिएका छन् ।

यले डुअल स्पिकरहरू र ३३ वाट फ्ल्यास चार्जिङलाई समर्थन गर्दछ । कम्पनीले नेपालमा ओप्पो ए७७ र ओप्पो ए५७ को लागि सार्वजनिक गर्ने मिति तोकेको छैन, यद्यपि यो फोन चाँडै नै सार्वजनिक हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?