जसपा औपचारिक रूपमा फुट नजिक

`

     २०७९ आषाढ २६ गते १:१६

काठमाडौँ, असार २६ । सत्तारुढ जनता समाजवादी पार्टीको विवाद फुट नजिक पुगेको छ । अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पक्षबीचको विवाद विभाजनको सम्मुख पुगेको हो ।

यादव र भट्टराईले छुट्टाछुट्टै केन्द्रीय समितिको विस्तारित बैठक बोलाएका छन् । यादवले असार २९ र ३० गतेका लागि वीरगन्जमा केन्द्रीय समिति बैठक बोलाएका छ भने भट्टराई पक्षले असार २८ र २९ मा काठमाडौंमा केन्द्रीय समितिको विस्तारित बैठक बोलाएका छन् ।

दुवैबीच एउटै पार्टीमा रहन सक्ने अवस्था नरहेको भन्दै सहमतिमै अलग-अलग बाटो लाग्ने भन्ने तय भएको थियो । यसबीचमा जसपाका दोस्रो तहका नेताहरूले विभाजन रोक्ने प्रयास गरे पनि दुवै पक्षले केन्द्रीय समिति बैठकबाट पछि हटेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?