काठमाडौँ, २४ असार । धरान उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०७९/८० बजेट सर्वसम्मत पारित भएको छ । उपमहानगरपालिकाका प्रवक्ता सूर्यबहादुर भट्टराईले बिहीबार भएको नगर सभाबाट बजेट पारित भएको जानकारी दिएको हो ।
धरानले असार १० गते १ अर्ब ६८ करोड ५८ लाख २३ हजार बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको थियो । कूल बजेटमध्ये चालूतर्फ ८३ करोड ३७ लाख ७२ हजार ४४२ र पूँजीगतर्फ ८१ करोड ९५ लाख ५० हजार ५५८ र वित्तीय व्यवस्थातर्फ तीन करोड २५ लाखको बजेट विनियोजन भएको छ ।
बजेट पारित हुनअघिको कार्यपालिका बैठकमा भने विवाद भएको थियो ।
मेयर राई बजेट पारित गर्न नदिएको भन्दै कार्यपालिका सदस्यसित बैठकको सुरुमै आक्रोशित बनेका थिए । बजेट पारित गर्नका लागि बैठक बोलाए पनि पटक पटक स्थगित भएको थियो ।
मेयरको आक्रोश पछि धरान उपमहानगरमा एमालेबाट जितेका जनप्रतिनिधिहरु प्रतिवादमा उत्रिएका थिए ।




