अर्थमन्त्रीको राजीनामाले नैतिकता र त्यागको एउटा सन्देश गएको छ : प्रचण्ड

`

     २०७९ आषाढ २३ गते १२:३९

काठमाडौँ, २३ असार । नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार प्रज्ञा प्रतिष्ठान कमलादीमा बसेको माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा बोल्दै जनार्दन शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएर नैतिकता प्रदर्शन गरेको बताएका छन् ।

उनले भने, ‘अर्थमन्त्रीले आफूले केही गरेको छैन भन्नुभएको छ, अर्थमन्त्रीको राजीनामाले नैतिकता र त्यागको एउटा सन्देश गएको छ । संसदमा कुरा उठेपछि उहाँले प्रष्ट कुरा राखेर संसदमा नैतिकता प्रदर्शन गर्नुभएको छ ।’

शर्माले राजीनामा नगरे यही विषयलाई उचालेर गठबन्धनलाई नै खतरा पार्ने डिजाइन भएको प्रचण्डको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?