करका दर परिवर्तन हेर्दा व्यापारीको अनुहार चिनिन्छ : ओली

`

     २०७९ आषाढ २० गते २:२२

काठमाडौँ, २० असार । नेकपा एमालेको अध्यक्ष केपी ओलीले सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै बजेटमा करका दर परिवर्तन हेर्दा व्यापारीको अनुहार चिनिने आरोप लगाएका छन् ।

अध्यक्ष ओलीले सरकारले बजेट निर्माणमा अनधिकृत मानिसलाई सामेल गराएर गैरकानुनी काम गरेको बताउदै केहि औद्योगिक व्यापारिक घरानाको हितमा काम गरेको आरोप लगाएका छन् ।

यस अघि उनले संसदमा बोल्दै एसपीपीका विषयमा कसले, कहिले पत्राचार गरेको भन्ने स्पष्ट पार्ने गरी सत्यतथ्य बाहिर ल्याउन प्रधानमन्त्री शेरबहादुर देउवासँग आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?