एमालेका अध्यक्ष ओलीले आज प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्ने

`

     २०७९ आषाढ २० गते ११:५४

काठमाडौं, असार २० । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्ने भएका छन् । समसामयिक विषयमा दलको धारणा राख्न सभामुखसँग समय माग गरिएको नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

उनले भने, ‘एसपीपी लगायतका समसामयिक विषयमा धारणा राख्नुहुन्छ । अमेरिकी स्टेट प्रोग्राम पार्टनरसिपमा सहभागी हुन नेपाली सेनाले ओली सरकारकै पालामा पत्राचार गरेको सार्वजनिक भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?