अस्ट्रेलियाको श्रीलङ्कामाथि सहज जीत

`

     २०७९ आषाढ १७ गते ५:१४

काठमाडौं, असार १७ । अस्ट्रेलियाले श्रीलङ्का विरुद्धको पहिलो टेस्टमा १० विकेटको शानदार जीत हासिल गरेको छ । जीतका लागि मात्र ५ रनको लक्ष्य पाएको डेभिड वार्नरले एक चौका र छक्का हिर्काउँदै टोलीलाई जीत दिलाए । यसअघि श्रीलङ्का दोस्रो इनिङमा मात्र ११३ रनमा सीमित बनेको थियो । श्रीलङ्कालाई सस्तोमा समेट्न नेथन लियोन र ट्राभिस हेडले ४-४ विकेट लिए भने मिचेल स्वीपसनले २ विकेट लिए । श्रीलङ्काका लागि कप्तान दिमुथ करुनारत्नेले २३ रनको योगदान दिए भने ओपनर पाथुन निशांकाले १४ रन बनाए ।

अस्ट्रेलियाले पहिलो पारीमा ३२१ रन बनाएको थियो भने श्रीलङ्काले २१२ रन बनाएको थियो । खेलमा अस्ट्रेलियाका क्यामरुन ग्रिन प्लेयर अफ द म्याच चुनिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?