आज सुन-चाँदीको मूल्य कति ?

`

     २०७९ आषाढ १४ गते ११:३५

काठमाडौँ, १४ असार । आज सुनचाँदीको मूल्यमा कुनै परिर्वतन आएको छैन ।

नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन सुन प्रतितोला ९७ हजार ७ सय रुपैयाँमा कारोबार भएकोमा आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ।

त्यस्तै, आज चाँदी प्रतितोला १२ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?