काठमाडौँ, १० असार । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेलबीच कुराकनी भएको छ।
समसामयिक राजनीतिक घटनाक्रम र राजनीतिक यात्रामा सहकार्य गरेर जाने विषयमा उनीहरूबीच आज कुराकानी भएको हो।
दुवै पक्षबीच आगामी राजनीतिक यात्रामा सहकार्य गर्ने विषयमा कुराकानी भएको अध्यक्ष खरेलनिकट स्रोतले जनाएको छ।




