काठमाडौँ, १० असार । सुनको मूल्यमा शुक्रबार प्रतितोलामा ३०० रुपैयाँले गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार बिहीबार प्रतितोला ९७ हजार ५०० रहेको सुनको मूल्य आज प्रतितोला ९७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै तेजावी सुनको भाउ पनि ९६ हजार ७०० रुपैयाँमा नेपाली बजारमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
शुक्रबार चाँदी प्रतितोला १ हजार २४० रुपैयाँमा कारोबार भइरहेको छ ।




