आज राष्ट्रिय सभा बैठक बस्दै

`

     २०७९ आषाढ १० गते ९:०९

काठमाडौँ, १० असार । संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभाको बैठक आज शुक्रबार बस्दैछ।

बैठक दिउँसो १ बजे बस्ने बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक, २०७९, राष्ट्र ऋण उठाउने विधेयक, २०७९ र ऋण तथा जमानत (२५औँ संशोधन) विधेयक, २०७९ टेबुल गर्ने कार्यसूची छ ।

साभाका सचिव राजेन्द्र फुयालका अनुसार आजको बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले ‘कोभिड–१९ संकट व्यवस्थापन विधेयक २०७८ र औषधि (तस्रो संशोधन) विधेयक, २०७९ माथि सदनमा दफावार छलफलका लागि प्रस्तुत गर्ने छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?