काठमाडौं, असार ९ । नेपाल राष्ट्र बैंकले आज सुनचाँदी तथा अन्य धातु खरिद, टकमरी र बिक्री सम्बन्धी कार्यविधि संशोधन गर्दै जर्तीको मूल्य बढाएको हो ।
यसअघि, सुनचाँदी बनाउँदा लाग्ने जर्तीको मूल्य ३०० रुपैयाँ थियो । जुन, अब बढेर ५०० रुपैयाँ पुगेको छ । संशोधित कार्यविधिअनुसार सर्वसाधारण बाहेक नेपाल सरकारका निकायहरू वा निजी तथा सार्वजनिक संघरसंस्थाबाट जसर्फी खरिदको लागि माग भइ आएमा आवश्यक्ता आधारमा बिक्री गर्न सकिने बताइएको छ ।
यसरी बिक्री गर्दा नियमबमोजिम आधार मूल्यमा जर्ती लगायतको लागत बापत ५०० रुपैयाँ थप्न मिल्ने व्यवस्था राष्ट्र बैंकले गरेको हो ।




