काठमाडौं, असार ८ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल राष्ट्रिय उच्च माध्यमिक विद्यालय अर्घाखाँचीका शिक्षक हुमलाल माथि विशेष अदालतमा मुद्दा दायर गरेको छ । अख्तियारले मंगलबार नेपाल राष्ट्रिय उच्च माध्यमिक विद्यालयका निम्न माध्यमिक तहका अस्थायी शिक्षक हुमलाल पौडेलविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
हुमला शैक्षिक योग्यताको प्रमाणपत्र गोरखपुर विश्वविद्यालय भारतबाट बनाएको पाइएकोले भ्रष्टाचारको मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । उनले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेकाले भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार सजाय मागदाबी गरिएको अख्तियारले जनाएको छ ।



