काठमाडौँ, ७ असार । पत्रकारिता छोडेर राजनीतिमा आएका रवि लामिछानेले नयाँ दल खोलेका छन् । उनले आफ्नो दलको नाम राष्ट्रिय स्वतन्त्र पार्टी राखेका छन्।
सञ्चारकर्मी रवि लामिछानेले आफ्नो राजनीतिक यात्रा आरम्भ गरेको घोषणा गरेका छन् । आफ्नो राजनीतिक यात्रा बारे घोषणा गर्दै आफु व्यवस्था परिवर्तन गर्न नआएको भन्दै आम मान्छेको अवस्था बदल्न आफु राजनीतिमा आएको बताएका छन् ।
राजनीतिक दल र नेताहरुप्रति आक्रामक रुपमा प्रस्तुत भएका लामिछानेले अहिलेको राजनीति र नेतृत्व प्रति दिक्क भएर टेलिभिजन छोडेर राजनीतिमा आएको बताए ।
उनले भने( राजनीतिमा रहेको हिलो देखेर मलाई पनि त्यस्तै देख्नु होला, नझुक्किनु होला केहि समय म पनि त्यस्तै देखिन सक्छु तर म त्यस्तो होइन । मलाई केहि समय दिनुहोला ।ु
टेलिभिजनको पर्दामा सजिलो प्रश्न सोध्ने काम छोडेर कठिन बाटो रोजेको बताउदै लामिछानेले आफुले देशको नक्सा देखाएर आफ्नो योजना प्रष्ट पारे ।




