माओवादी जनयुद्ध के प्राप्तिका लागि भन्ने अहिलेसम्म टुंगो लागेको छैन :ओली

`

     २०७९ आषाढ ०७ गते १२:५९

काठमाडौँ, ७ असार । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘माओवादी जनयुद्ध’प्रति लक्षित गर्दै त्यो कसका विरुद्ध र के उद्देश्यका लागि भएको थियो भन्ने अहिलेसम्म प्रस्ट हुन नसकेको टिप्पणी गरेका छन् ।

उनले भने, ‘तर देश हिंसामा गयो, कसका विरुद्ध, के प्राप्तिका लागि भन्ने अहिलेसम्म टुंगो लागेको छैन । गणतन्त्रका लागि थियो भने गणतन्त्र नआइकन त्यो टुंगियो, गणतन्त्र दिन्छु भनेर कसैले प्रतिवद्धता जनाएको पनि थिएन ।’

ओलीले आन्तरिक राजनीतिमा प्रणालीगत मतभेद हुँदा बाह्य नीतिका सम्बन्धमा पनि मतभेद हुने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?