काठमाडौं, असार ६ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपाले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको कारण माग गर्दै नेपाल आयल निगम कार्यालयमा धर्ना दिएको छ ।
सोमबार निगमको टेकुस्थित केन्द्रीय कार्यालय पुगेका सो पार्टीका नेता, कार्यकर्ताहरूले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्नुको कारण माग गर्दै धर्ना दिएका हुन । प्रतिलिटर पेट्रोल, डिजेल र मट्टितेलको कच्चा पदार्थको मूल्य कति पर्छ रु नेपाल आयल निगमका कर्मचारीको बोनस कति छ रु नेपालका भीभीआपीलाई वर्षको कति पेट्रोल निःशुल्क उपलब्ध गराइन्छ रु प्रतिलिटर पेट्रोल, डिजेल र मट्टितेलमा कति कर लाग्छ रु लगायतका ७ वटा प्रश्नको जवाफ माग गर्दै निगम कार्यालयमा धर्ना दिनु परेको पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले जानकारी दिए ।
उनले अनावश्यक करको दरमात्रै हटाउने हो भने पनि पेट्रोलियम पदार्थको मूल्य आधा घट्न सक्ने स्पष्ट पारे । गएरातिबाट लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर १९९, डिजेलमा १९२ मूल्यवृद्धि गरेपछि त्यसको विरोधमा सर्वसाधारण समेत उत्रिएका छन् ।




