एमसीसी र एसपीपी दुवै परियोजना ओली नेतृत्वको सरकारले ल्याएको हो : प्रचण्ड

`

     २०७९ आषाढ ०३ गते २:०९

काठमाडौँ, ३ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमसीसी र एसपीपी दुवै नेकपा एमालेका अध्यक्ष केपी ओलीको करामत रहेको भन्दै आक्षेप लगाएको छ ।

उनले एमसीसीलाई संघीय संसदले १२ बुँद व्याख्यात्मक घोषणा गरेर जारी गरे जसरी पास नगरिने पनि जिकिर गरेका छन् ।

प्रचण्डले एमसीसी र एसपीपी दुवै नेकपा एमालेका अध्यक्ष केपी ओलीको करामत भन्दै दोष थोपरिदिए । ‘एमसीसी र एसपीपी दुवै परियोजना पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको सरकारले ल्याएको हो’, उनले भने, ‘ओली सरकारको समयमा यी आएका हुन्, दुवैमा ओलीको करामतले सम्या भएको हो ।’

‘एमसीसी १२ बुँदा घोषणासहित पास गर्‍यौं । तर एसपीपीमा कुनै १२ बुँदा हुनेवाला छैन’, उनले भने, ‘यो खारेज हुन्छ ।’ उनले अहिलेको सत्ता गठबन्धन फेरबदल नहुने पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?