काठमाडौँ, असार १ । देशैभर मतदाता नामावली संकलन र राष्ट्रिय परिचय पत्र वितरण भइरहेको छ । निर्वाचन आयोगले संघ र प्रदेश निर्वाचनलाई लक्षित गरी मतदाता नामावली संकलन सुरु गरेको छ भने मतदाता नामावलीसँगै राष्ट्रिय परिचय पत्रको वितरण पनि सुरु गरेको हो ।
सरकारले परिचय पत्र वितरण सुरु गरे पनि सेवा लिन आउने जनताले भने सहजै नपाएको गुनासो गरेका छन् । काठमाडौं महानगरपालिका भित्रका नागरिकको लागि राष्ट्रिय सभागृहमा राष्ट्रिय परिचय पत्र बनाउने व्यवस्था गरिएको छ ।
राष्ट्रिय परिचयपत्र बनाउनका लागि सर्वसाधरणहरु बिहान ४ बजेदेखि लाइनमा बसे पनि बेलुका चार बजेसम्म पालो नआएको काठमाडौं महानगर वडा नम्बर २ का जगतमोहन श्रेष्ठले न्युज एजेन्सी नेपालसँग बताएका छन् । उनले अनलाइन फारम भरेर आएपछि फोटो खिच्ने काम भए पनि धेरै समय लागेको बताए ।




