काठमाडौँ, ३ असार । प्रधान सेनापती प्रभुराम शर्माले स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी)को लागी नभई भुकम्पको अप्ठयारो स्थीति सामान गर्नका लागि अमेरिकासँग मानवीय सहयोगका लागि पत्र लेखेको जनाएका छन ।
संघीय संसदको अन्तर्राष्ट्रिय सबन्ध समितिमा बोल्दै प्रधानसेनापति राणाले सार्वजनिक भएको १० बुदेँ फरम्याट आधिकारिक नभएको पनि जनाएका छन् ।
‘अहिले जुन पत्र बाहिर आएको छ , त्यो सत्य हो, चिठी लेखिएको साचो हो तर चिठी लेख्दैमा सैन्य अलाएन्स लेखिएको छैन, म सैन्य अलायन्स हुने भन्ने कुराको बिरोध गर्न चाहन्छु,’ प्रधानसेनापति शर्माले भने, ‘यो चिठी किन लेखियो भने त्यो बेला भुकम्प गए पछिको अवस्था थियो, भुकम्पमा काम गर्न अमेरिकाले मानवीय सहायाता दिने भनेर लेखिएको हो, सैनिक गठबन्धन गर्ने होइन ।’ ०७२ सालको भुकम्पको मानवीय क्षति पछि सहयोगका लागि सो पत्र अमेरिकन सरकारलाई पठाए पनि सैन्य अलायन्सका लागि नभएको प्रधानसेनापति शर्माले बैठकमा जानकारी दिइरहेका छन् ।
‘नेपाल सरकार र रक्षा मन्त्रालयको स्वीकृतीमा चिठी पठाएको हो तर भुकम्पमा मानवीय सहयाताबाहेक अरु उदेश्य थिएन, हैन’ समिति बैठकमा भने ।
तर, हालै सार्वजनिक भएको १० बुदे फरम्याटका बारेमा भने नेपाली सेनालाई कुनै जानकारी नभएको उनको भनाई छ ।




