काठमाडौं, जेठ ३० । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को नेपालस्थित एमसीए नेपालको कार्यालय घेराउ गरेको छ । सोमबार नेकपाका नेता कार्यकर्ताहरु र्यालीसहित दरबारमार्गस्थित एमसीए नेपालको कार्यालयमा घेराउ गरेका हुन् ।
नेकपासहित साना कम्युनिस्ट पार्टीहरुले विगतदेखि नै एमसीसी खारेजीको माग गर्दै आएका छन् । सरकारले एमसीसीको व्याख्यात्मक घोषणासहित सदनबाट पारित गरिसकेको छ ।




