काठमाडौँ, ३० जेष्ठ । नेकपा (एमाले) केन्द्रीय सचिवालयको बैठक ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सुरु भएको बैठकमा स्थानीय निकाय निर्वाचनको समीक्षालगायतका कार्यसूचीमाथि छलफल हुने एमाले केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिएका छन् ।




