काठमाडौँ, २९ जेष्ठ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज काठमाडौंमा भएको नेपाल ट्रेड युनियन कांग्रेसको राष्ट्रिय सम्मेलनमा बोल्दै यो कांग्रेसको एकलौटी सरकार नभएकोले धेरै दाबी गर्न नमिल्ने बताएका छन्।
‘यो कांग्रेसको एकलौटी सरकार होइन,’ प्रधानमन्त्री देउवाले भने, ‘यो नबुझिकन तपाईंहरूले क्लेम गर्ने कुरा छैन।’
उनले नीति तथा कार्यक्रममा आएका कुराहरू कतिपय बजेटमार्फत सम्बोधन गरिएको र छुटेका भए कुनै न कुनै माध्यमबाट सम्बोधन गरिने सम्मेलनमा उपस्थित भएकाहरूलाई जानकारी गराएका थिए।
‘तर दुर्भाग्यका साथ भन्नुपर्छ- यो कानूनलाई लागू गर्ने दिशामा कांग्रेस नेतृत्व र कांग्रेसकै सरकार उदासिन छ। म सभापतिलाई आग्रह गर्छु- श्रमिकलाई भोटको मात्र माध्यम नबनाउन आग्रह गर्छु।’




