काठमाडौँ, २९ जेष्ठ । नेकपा एमालेका सांसद शेरबहादुर तामाङले गाँजाको औषधीय गुणलाई वैधानिकीकरण गर्न प्रतिनिधिसभाको बैठकमा माग गरेका छन् ।
‘नेपालमा क्यासन्र जस्तो प्राणघात रोगले धेरै मानिसहरुको ज्यान गइरहेको छ । सम्पत्ति पनि सकिएको छ । यसैगरी एचआईभी एड्सको कारण पनि मानिसको जिउन पाउँने अधिकार नष्ट भइरहेको छ । एड्स रोगका विरामीहरुको दिर्घ जीवनको औषधी नै गाँजा हो । यस रोगका विरामीहरुलाई तत्तकाल व्यवस्थापन गरिएन भने अझै हजारौँ विरामहरुले ज्यान गुमाउने खतरामा छन् । औषधि नपाएर मुर्नभन्दा अव विरामहरु आमरण अनसन गरेर मर्न तयार छन्’, उनले भने, ‘यसैले यो गाँजाबाट बन्ने सिबिडी र सिबिडीबाट बन्ने औषधिबाट हामिले प्राणघातक रोगहरुको उपचार गर्न सक्छौँ । यो विश्वयले अहिले प्रमाणित गरेर अगाडि आइसकेको छ । यसैले गाँजाको औषधीय गुणलाई व्यवस्थापन गरौँ, बैधानिकीकरण गरौँ ।’
‘नेपालमा यदि दुई सय लिटरका चार ड्रम सिबिडी नेपाल ह्याच ट्रयाक गरेर, गाँजा खेती गरेर निकाल्ने हो भने म ग्यारेण्टी दिन्छु यो मुलुकको पुर्वाधार यसैले बेचेर निर्माण गर्न सकिन्छ । त्यति मात्रै होइन आज हामिलाई लागेको १६ खर्ब ऋण पनि तिर्न सकिन्छ’, उनले भने ।




