काठमाडौँ, २९ जेष्ठ । एमाले सांसद कृष्णभक्त पोखरेलले प्रतिनिधि सभामा शहरी विकास मन्त्रालय अन्र्तगतको बजेट छलफलमा सहभागी हुदै वर्तमान सरकारलाई राम्रो संस्था देख्नै नहुने भन्दै प्रश्न गरेका छन् ।
‘यो सरकारलाई कम्पनी बडो प्यारो छ क्या ! आयल निगम वीमालाई कम्पनी निजीकरण गर्ने’, उनले वर्तमान सरकारलाई विगतमा पनि १६ वटा उद्योग बेचेको अनुभव रहेको भन्दै व्यङ्ग्य गरे । ‘नेपालमा रहेका २९३ नपालाई ऋण र अनुदान सम्मिश्रण गरी आर्थिक प्राविधिक सहयोग पुर्याउदै आएको नगर विकास कोषलाई शहरी पुर्वाधार विकास कम्पनी बनाउने भन्नुभएछ । अलिकति राम्रो संस्था देख्ने नहुने रु निजीकरण गरिहाल्नुपर्ने रु’, पोखरेलले प्रश्न गरे ।




