काठमाडौँ, २९ जेष्ठ । आइतबार सुन-चाँदीको मूल्यमा वृद्धि भएको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९९ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, चाँदी प्रतितोला १२ सय ८० रूपैयाँमा कारोबार भइरहेको छ।
सुनको मूल्य प्रतितोला १५ सय रूपैयाँ र चाँदी प्रतितोला १५ रूपैयाँ बढेको हो।




