एजेन्सी, २९ जेष्ठ । रुसले दक्षिण युक्रेनमा कब्जा गरेका दुई सहरहरू खेरसन र मेलिटोपोलका स्थानीयहरूलाई रुसी पासपोर्ट वितरण गर्न सुरु गरेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यो प्रक्रियालाई तीव्रता दिइरहँदा युक्रेनले भने रुसको यो कदमको भर्त्सना गरेको छ ।
रुसी समाचार एजेन्सी तासले शनिबार एक समारोहबीच २३ जना खेरसनका नागरिकलाई रुसी पासपोर्ट वितरण गरेको जानकारी दिएको छ ।
युक्रेनले भने रुसको यो कदम कानुनीरुपमा शून्य मानिने बताएको छ ।




