काठमाडौं, जेष्ठ २९ । उत्तर कोरियाको विदेशमन्त्रीमा पहिलो पल्ट महीला चोए सोन हुई नियुक्त भएकी छन् ।
अनुभवी कूटनीतिज्ञ हुई उत्तर कोरियाको विदेशमन्त्री हुने चोए सोन हुई पहिलो महिला हुन् । हुई यसअघि उपविदेशमन्त्री थिइन् । कूटनीतिक सेवाबाट आएकी हुईले विभिन्न देशसँगको वार्ताका क्रममा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएकी छन् ।
तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ–उनबीचको शिखर बैठकमा पनि उनको उल्लेखनीय भूमिका थियो ।




