काठमाडौं, जेठ २७ । प्रधानमन्त्री शेरबहादुर देउवाले सप्तरीका मिटरब्याजी रामदेव तेलीलाई सर्वसाधारणसँग चर्को ब्याज लिई दुःख दिने गरेको पाएपछि तत्काल पक्राउगरी कारवाही गर्न निर्देशन दिएका छन् ।
प्रधानमन्त्री देउवाले मिटरब्याजी रामदेव तेलीलाई तत्काल पक्राउगरी अनुसन्धान अघि बढाउन गृहमन्त्री बालकृष्ण खाँणलाई निर्देशन दिएका हुन् । तेलीले चर्को ब्याज लिएर सर्वसाधरणलाई दुख दिने गरेको गुनासो सर्वसाधारणले भनेको छन्। सोही विषयमा संसदमा समेत सांसदहरुले कारवाही गर्न माग गरेका छन् ।




