नेप्सेमा १७ अंकको गिरावट

`

     २०७९ ज्येष्ठ २६ गते ४:०६

काठमाडौं, जेठ २६ । विहिबार नेप्सेमा १७ अंकमाथिको गिरावट आएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज बिहीबार नेप्से परिसूचक १७.६४ अंकले घट्दै २०६२.८० अंकमा झरेको हो ।

यस्तै आज क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ४.०१ अंकले घट्दै ३९६.३६ अंकमा झरेको नेप्सेले जनाएको छ ।

१७ अंकमाथिले नेप्से सूचक घटेसँगै यता कारोबार रकम समेत केही घट्न पुगेको छ । आज १ अर्ब ४७ करोड २६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । अघिल्लो दिन ६० अंकले बढेको बजारमा १ अर्ब ६४ करोड ३ लाख रुपैयाँको कारोबार भएको थियो ।

आज १३ वटा उपसूचक मध्ये ट्रेडिङ बाहेक सबै उपसूचक ऋणात्मक भएका छन् । आज सबैभन्दा बढी डेभलपमेन्ट बैंक समूहको उपसूचक २।०२ प्रतिशतले घटेको छ भने हाइड्रोपावर समूहको १.६५ प्रतिशतले र होटल तथा पर्यटन समूह १।४४ प्रतिशतले घट्न पुगको छ ।

ट्रेडिङ समूह भने आज सामान्य ९०.१२० प्रतिशतले बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?