प्रधानमन्त्री बोरिस जोनसनले अविश्वासको मत जिते

`

     २०७९ ज्येष्ठ २४ गते १२:२०

काठमाडौँ, २४ जेष्ठ । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले आफ्नो कन्जरभेटिभ पार्टी भित्र ल्याइएको अविश्वासको प्रस्ताव जितेका छन् । जोनसनको कन्जरभेटिभ पार्टीका धेरै सांसदहरूले आफूहरूलाई जोनसनको पार्टीमा नेतृत्व नचाहेको भन्दै पत्र लेखेका थिए ।

प्रधानमन्त्री जोनसनले ५९५ भोट जितेका छन् ।

कन्जरभेटिभ पार्टीका २११ सांसदले प्रधानमन्त्री बोरिस जोन्सनको पक्षमा मतदान गरे भने १४८ सांसदले विपक्षमा मतदान गरे ।

अविश्वास प्रस्तावको नतिजाले जोनसन प्रधानमन्त्रीकै पदमा रहिरहने स्पष्ट पारेको छ, तर आलोचकहरूका अनुसार जोनसनविरुद्ध बढेको विद्रोहले उनको पकड कमजोर भएको देखाउँछ ।

जोनसनको पक्षमा आएको भेटको सेयर पूर्व प्रधानमन्त्री थेरेसा मेविरुद्ध ल्याइएको अविश्वासको प्रस्तावको बेला प्राप्त भोटभन्दा कम छ ।

बोरिस जोनसनले कोरोना महामारीका बेला नियम उल्लंघन गरेको र डाउनिङ स्ट्रिटमा पार्टी गरेको भन्दै आलोचना भइरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?