भारतमा खानेतेलको मूल्यमा प्रतिलिटर २० रुपैयाँसम्म गिरावट

`

     २०७९ ज्येष्ठ २३ गते १०:५१

काठमाडौं, जेठ २३ । भारत सरकारले खानेतेलको कच्चा पदार्थको भन्सार दर शून्यमा झारेपछि मूल्य घट्न थालेको हो । भारतीय सञ्चारमाध्यमहरूका अनुसार खानेतेलको मूल्यमा प्रतिलिटर २० रुपैयाँसम्म गिरावट आउन थालेको छ ।

भारतले कच्चा पदार्थको भन्सार दर घटाउँदा तथा इण्डोनेशियाबाट पाम तेल आयात सुरू हुँदा मूल्य घटेको बताइएको छ । १८ मेमा प्रतिलिटर १८५ भारु रहेको सोयाविन तेलको मूल्य हाल १७० रुपैयाँ छ ।

यस्तै, सोही मितिमा १८५ भारु प्रतिलिटर मूल्य रहेको सर्सिउँको तेलको मूल्य १७० भारु कायम भएको छ । यसैगरी, बदामको तेलको मूल्य २०० भारुबाट घटेर १८० भारुमा आइपुगेको हिन्दुस्तानले लेखेको छ ।

भारतीय व्यापारी हेमन्त गुप्ताका अनुसार भारत सरकारले भन्सार महसुल घटाउने घोषणा गरेसँगै तेलको मूल्य घट्न थालेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?