घनश्याम भुसालको बचाउमा भीम रावल

`

     २०७९ ज्येष्ठ २३ गते १०:२३

काठमाडौं, जेठ २३ । नेकपा एमालेका नेता डा.भीम रावलले पार्टीभित्र बढेको विवादबारे संस्थागत रूपमै समीक्षा गर्नुपर्ने बताएका छन् ।

नेता घनश्याम भुसालप्रतिको कारबाही प्रकरणप्रति सङ्केत गर्दै नेता रावलले उल्टो बाटो हिँड्दा पराजय भोग्नुपर्ने चेतावनी दिएका छन् । साथै उनले देश, जनता र पार्टीलाई एकताबद्ध र बलियो बनाई राष्ट्रिय स्वाधीनता,स्वाभिमान एवं संविधान, सिद्धान्त र लोकतन्त्रको रक्षा गर्नु आवश्यकता भएको पनि बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा सोमबार बिहान ट्वीट गर्दै रावलले भनेका छन्, ‘यसका लागि आगामी चुनाउ जित्नु पर्छ । कमजोरीको संस्थागत रूपमा गम्भीर समीक्षा गरी बाटो तय गर्नुपर्छ ।

यसअघि योगेश भट्टराईले पनि भुसाललाई कारवाहीका लागि अनुशासन आयोगले गरेको कारबाहीलाई आवेश र उत्तेजनाको प्रतिक्रिया भनेका थिए । फेरि पनि बादे बादे जायते तत्त्व बोध १’ सचिव भट्टराईले लेखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?