एकीकृत समाजवादीले मन्त्रीहरूलाई फिर्ता बोलाउने

`

     २०७९ ज्येष्ठ २२ गते ३:३९

काठमाडौँ, २२ जेष्ठ । नेकपा एकीकृत समाजवादी पार्टीले पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको छ।

सो पार्टीको सचिवालय बैठकले हाल पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ पठाउने निर्णय गरेको हो।

समाजवादीबाट हाल ४ मन्त्री र एक राज्यमन्त्री रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?