उच्च उदालत पोखराले पनि पललाई थुनामा राख्ने आदेश दिए

`

     २०७९ ज्येष्ठ १९ गते ७:५१

काठमाडौँ, जेठ १९ । उच्च अदालत, पोखराले पल शाहलाई थुनामै राखेर बलात्कार मुद्दाको प्रक्रिया अघि बढाउन आदेश दिएको छ ।

तनहुँ र नवलपुर जिल्ला अदालतले पल शाहलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको छ । त्यसविरुद्ध पल शाह उच्च उदालत, पोखरामा गएका थिए । बिहीबार न्यायाधीश उज्ज्वल शुक्ल र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले जिल्लाको आदेश सदर गरेको उपरजिष्टार विष्णुप्रसाद आचार्यले जानकारी दिए ।

उनले भने, ‘१० चैत २०७८ मा तनहुँ जिल्ला अदालतबाट भएको आदेश वेरितको नदेखिँदा परिर्वतन गरिहनु पर्दैन भन्ने आदेश भएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?