काठमाडौँ, १९ जेष्ठ । नायिका मिरुना मगरले जेठ १५ गते सिभिल मलमा भएको घटनाका कारण दुःखित भएकाहरुप्रति क्षमायाचना गरेकी छिन् ।
उनले लेखेकी छिन्, ‘फूर्पा तामाङ ले जेठ १५ गते सिभिल मलमा आफूले अनुचित ढंगले नै मलाई छोएको र जेठ १७ गतेको दिन आफूबाट भएको यो दुर्व्यवहारका लागी निस्स्वार्थ रूपमा माफी मागेको र मैले वहाँको माफी स्विकार गरेकी छु । सबै पक्षका अग्रज प्रतिनिधी, बरिष्ठ लामागुरूहरू लगायत दुवै पक्षबाट सहमति भएको हो ।’
उनले जेठ १५ मा भएको आफ्नो कार्य कुनै पनि धर्म र समाजविरुद्ध नभई व्यक्तिविरुद्ध भएता पनि यस घटनाका कारण दुखी भएको समुदायप्रति माफी मागेकी छिन् ।




