काठमाडौँ, जेठ १६ । धनगढी उपमहानगरपालिकाका नवनिर्वाचित मेयर गोपाल हमालले नगरवासीका गुनासा, सुझाव समस्या सम्बोधनका लागि ‘ह्वाटस् एप’ नम्बर सार्वजनिक गरेका छन् ।उनले सोमबार पत्रकार सम्मेलन गर्दै ‘ह्वाट्स एप’ मार्फत गुनासो तथा सुझाव दिन ९८५८४८८८९५ नम्बर प्रयोगमा ल्याइएको जनाएका हुन् ।
विकास निर्माणको काममा कहीँ कमसल सामग्री प्रयोग, गलत काम, कर्मचारीबाट ढिलासुस्ती वा नागरिकलाई दुःख दिने काम भएको छ भने आफूलाई तत्काल उक्त नम्बरमा जानकारी गराउन पनि उनले आह्वान गरेका छन् ।
भ्रष्टाचार अन्त्य गरी सुशासन कायम र लोककल्याणकारी नगरको निर्माणमा आफू लागेको बताउँदै उनले व्यक्तिगत कामका लागि भने सो नम्बरमा फोन नगर्न अनुरोध गरे ।




