काठमाडौँ, १६ जेष्ठ । साताको दोस्रो दिन सोमबार चुन-चाँदीको मूल्य बढेको छ।
आज सुन प्रतितोला ९८ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला दुई सय रूपैयाँ बढेको हो।
त्यस्तै, आज चाँदी प्रतितोला ५ रुपैँले बढेर १२ सय ८५ रूपैयाँमा कारोबार भइरहेको छ।




