८ महिनामा १,१७१ जना नेपालीले वैदेशिक रोजगारीको सिलसिलामा ज्यान गुमाए

`

     २०७९ ज्येष्ठ १५ गते १२:४५

काठमाडौँ, १५ जेष्ठ । ८ महिनामै वैदेशिक रोजगारीका लागि गएका १ हजार १७१ नेपालीले ज्यान गुमाएका छन् । वैदेशिक रोजगार बोर्डको सचिवालयका अनुसार साउनदेखि फागुन मसान्तसम्म वैदेशिक रोजगारीको सिलसिलामा ती नेपालीको मृत्यु भएको हो ।

मृतकका ती परिवारलाई क्षतिपूर्तिवापत कुल ५७ करोड ९६ लाख राहत प्रदान गरिएको बोर्डले जनाएको छ । वैदेशिक रोजगारीको क्रममा मृत्यु हुने कामदारको नजिकका हकदारलाई बोर्डले आर्थिक सहायतास्वरुप ७ लाख रुपैयाँ उपलब्ध गराउँदै आएको छ ।

पछिल्लो समय वैदेशिक रोजगारीमा गई मृत्यु हुनेको संख्या बढ्दो देखिन्छ । आर्थिक वर्ष २०७६/७७ मा कुल ६६१ जनाले ज्यान गुमाएकोमा २०७७/७८ मा १,२४२ जनाको मृत्यु भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?