काठमाडौँ, १३ जेष्ठ । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साहले शुक्रबार बिहान प्रतिक्रिया दिँदै काठमाडौंलाई विश्वकै उत्कृष्ट सहर बनाउने बताएका छन् ।
उनले भने, ‘अबको ५ वर्ष मेरो क्षमता, ज्ञान र कुशलता काठमाडौंलाई पूर्ण विकसित र विश्वकै उत्कृष्ट सहर बनाउन लगाउँछु ।’
नगरवासीले दिएको मतले आफू एकदमै खुसी भएको उनले बताएका छन् ।




