सिर्जना सिंहले भनिन् – महानगरवासीको मन जितेँ तर मत जित्न सकिन

`

     २०७९ ज्येष्ठ १३ गते ८:४३

काठमाडौं जेष्ठ १३। काठमाडौं महानगरको मेयरमा विजयी स्वतन्त्र उम्मेदवार बालेन साहलाई सिर्जना सिंहले बधाइ दिएकी छन् ।

बिहीबार अबेर सम्पन्न भएको मतगणनापछि उनले बालेनालाई बधाइ दिएकी हुन् । साथै उनले आफूलाई अमूल्य मत दिएको भन्दै आफ्ना मतदाताहरुलाई धन्यवादसमेत गरेकी छन् । उनले मतदाताहरुले विजयी हुने गरी निश्चय नै मत जित्न नसकेको तर नगरवासी सबैको मन जितेको दावी गरिन् ।

मेयरमा निर्वाचित बालेनलाई रचनात्मक साथ र सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेकी छन् ।

काँगेस नेतृ सिर्जनालाई पाँचदलीय गठबन्धनले साझा उम्मेदवारको रुपमा काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवार उठाएका थिए । उनले दोस्रो स्थान बनाएकी छन् । नेकपा (एमाले) का मेयरका उम्मेदवार केशव स्थापितले भने तेस्रो स्थान बनाएका छन् भनिन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?