काठमाडौँ, १२ जेष्ठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभाको आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तुत नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै निर्वाचन निष्पक्ष र भयरहित हुन नसकेको बताएका हुन् ।
ओलीले मतदाताको हत्या भएको, उम्मेदवारको घरमा विष्फोट गराइएको बताउदै निर्वाचनमा प्रतिपक्षी दलमाथि व्यापक आक्रम भएको आरोप लगाएका छन् ।
निर्वाचन सम्पन्न भएको १४ दिनसम्म पनि नतिजा नआएको बताउदै उओलीले चुनावमा गठबन्धनले एमालेको पत्तासाफ गर्ने घोषित नीति नै बनाएर निर्वाचन गरिएको आरोप लगाएका हुन् ।
ओलीले नीति तथा कार्यक्रममा उल्लेख भएजस्तो निर्वाचन स्वच्छ र निष्पक्ष रूपमा नभएको जिकिर गरेका छन् ।




