जेठ १५ देखि राहदानी विभाग आइतबार पनि खुल्ने

`

     २०७९ ज्येष्ठ १२ गते ११:०६

काठमाडौँ, जेष्ठ । राहदानी विभागले आइतबार पनि सेवा दिने भएको छ । सरकारले साप्ताहिक विदा घोषणा गरेपनि सेवाग्राहीको उच्च्च चापका कारण विभागले जेठ १५देखि आइतबार पनि विभाग खुला राख्ने निर्णय गरेको हो ।

विद्युतीय राहदानी सहज रुपमा उपलव्ध गराउने नेपाल सरकारको नीति रहेको र राहदानी विभागमा सेवाग्राहीको चाप उल्लेखनीय रुपमा बढीरहेकोले सार्वजनिक विदाको दिन समेत राहदानी सेवा प्रदान गर्न लागिएको विभागले जानकारी दिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?